- ADVERTISEMENT -

सरकारले लकडाउन केही खुकुलो बनाउदै

April 3, 2020
660
Shares
- ADVERTISEMENT -

काठमाण्डौ,२१ चैत २०७६ । सरकारले लकडाउन केही खुकुलो पारेको छ ।

बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ।
यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै बाहिरी श्रमिकको उपस्तिथिबिना परिवार र समाज मिलेर बाली भित्र्याउन र लगाउन दिने निर्णय गरेको छ ।

‘हिंउँदे बाली भित्राउने र बर्खे बाली लगाउने बेला भएको छ, घरपरिवार मिलेर खेतीवाली लगाउन सकिने ब्यबस्था हामिले गरेका छौं’, अर्थ एवं सञ्चार तथा सूचना प्रविमन्त्री युवराज खतिवडाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै सरकारले तामाकोशी, मेलम्चीलगायत ठूला विकास निर्माणका आयोजनाको काम पनि जारी राख्न भनेको छ । आयोजना भित्रै रहेका मजदूरलाई सुरक्षाका सामग्री लगाएर काममा परिचालन गर्न सरकारले निर्देशन दिएको हो ।
त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रिया जीटुजी मार्फत् गर्दा ढिलो हुनेभएकाले निजी क्षेत्रलाई जिम्मा दिइएको बताउनुभयो । सँगै सीमा क्षेत्रमा अलपत्र रहेका नागरिकलाई १४ दिनसम्म त्यही क्वारेन्टाइनमा बसेरमात्र आफ्नो देशमा प्रवेश गर्न समितिले पुनःअनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -