- ADVERTISEMENT -

अमेरिकामा ब्यापक बन्यो कोरोना, एकैदिन १,०४९ को मुत्यु, २ लाख १५ हजार पुग्यो संक्रमित

April 2, 2020
599
Shares
- ADVERTISEMENT -

एजेन्सी, २० चैत २०७६ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले कोरोना भाइरसको संक्रमित संख्यामा सबैलाई उछिनेको छ ।

संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको इटालीभन्दा अमेरिकामा झण्डै दोब्बर बढी संक्रमित भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

बितेको २४ घन्टामा अमेरिकामा १,०४९ जनाको ज्यान गएको छ भने ७६,८७२ नयाँ संक्रमित थपिएको छ । यो सँगै अमेरिकामा पछिल्लो तथ्यांक अनुसार २,१५,००३ जना संक्रमित भइसकेका छन् भने मृतकको संख्या ५,१०२ पुगेको छ
अमेरिकामा २ लाख २० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने प्रक्षेपण गरेको भोलिपल्ट नै संक्रमित संख्यामा व्यापक वृद्धि भएको हो । ह्वाइट हाउसले नै दुई लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको हो ।

अमेरिकाको न्युयोर्कमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । वार्षिक साँढे सात करोड पर्यटक पुग्ने न्युयोर्क सबैभन्दा मारमा परेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -