काठमाडौँ, १९ चैत २०७६ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले बिपतको घडीमा राज्य निर्दयी हुन नहुने बताउनु भएको छ । उहाले सामाजिक संजाल फेसबुकमा नेता प्रदिप पौडेल लेख्नुहुन्छ :
तस्बिरमा देखिएका नङगाे ब्यक्तिलाई धार्चुलाबाट पौडी खेलेर माहाकाली नदी पार गरि नेपाल प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू सबै नेपाली नागरिक हुन उनिहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आबश्यक छ तर नागरिकलाई देश प्रबेशमा रोक लगाएर नागरिक हक खोस्न पाइदैन संकटमा आफनो देश सम्झेर आएकाहरू प्रति राज्य सहयोगी हुनुपर्नेमा तिरस्कार गर्न मिल्दैन देशभित्र केवारेन्टाइनको व्यवस्था गरेर उनीहरूलाई ल्याउनुपर्छ समयमै सरकारको ध्यान जाओस ।

बिपतको घडीमा राज्य यस्तो निर्दयी हुन मिल्दैन, भन्नु भएको छ ।









































