काठमाडौँ, १८ चैत २०७६ । लकडाउनको समयदेखी काठमाडौंको मात्र होइन पुरै देशको बातावरणमा उलेख्य सुधार देखिएको छ ।
कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको लकडाउनको पहिलो एक साताको अवधी समाप्त भैसकेको छ र कोरोना सन्क्रमितको संख्या बढेसंगै थप् जोखिम नहोस् भनेर सरकारले चैत्र २५ गते सम्मको लागि लकडाउनको समय थपेको छ र आफ्ना नागरिकलाइ सुरक्षित रहन घरमै बस्न भनेको छ ।
यसैका कारण नागरिक यतिबेला घरमै बसेकाछन भने उध्योग, कलाकारखानाहरु बन्द छन ।
अत्यावश्यक सामान बाहेकका सवारि साधन सडकमा गुडेका छैनन ।
धुवा धुलोबाट आक्रान्त हुने काठमाडौं यतिबेला सफा अनी सुन्दर बनिरेहेको छ, आकाश खुल्ला भने सडकहरु सुनसान छन। घरभित्र बस्दा नागरिकलाइ सकस त थपिएको छ तर काठमाडौं भने पुरै सफा अनी सुनसान देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर सात लाख ८५ हजार ८ सय ०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३७ हजार ८२० नागरिकको ज्यान गइसकेको छ ।
मङ्गलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन् ।








































