- ADVERTISEMENT -

कोरोना संक्रमण रोक्ने सरकारी अभियान शहर केन्द्रीत, गाउँमा बेवास्ता : नेता खतिवडा

March 29, 2020
525
Shares
- ADVERTISEMENT -

काठमाडौं, १६ चैत २०७६ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले विश्वव्यापी रुपमा महामारी फैलिरहेको कोरोना भाइरसबाट नेपाललाई जोगाउन गाउँघरसम्म तत्काल स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विदेशबाट आउने मात्र नभई शहरबाट समेत गाउँगाउँमा मानिसहरु पुगेको भन्दै नेता खतिवडाले स्वास्थ्य परीक्षण गाउँगाउँ स्तरसम्म्म पुर्याउन जोड दिएका हुन् । ‘कोरोना भाइरस संक्रमण रोक्ने सरकारी अभियान शहर केन्द्रीत मात्र भयो, गाउँगाउँमा बेवास्ता रह्यो’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

गाउँघरतिर अहिले पनि स्वास्थ्य सचेतना नपुगेको उनले औंल्याए । विदेश र शहरबाट गाउँ पुगेकाहरु निर्वाध रुपमा हिडडुल गरिरहेका, भेला गर्दै भोजभतेर गर्दै आएको भन्दै उनले नागरिकखबरसित भने, ‘गाउँघरतिरको स्थिति भयावह हुनेतर्फ ध्यान जाओस् ।’

स्वास्थ्यकर्मीहरु अहिले पनि असुरक्षित महशुस गर्दै उपचार गर्नुपर्ने बाध्यतालाई सरकारले तत्काल सम्बोधन गर्न पनि उनको माग छ ।

- ADVERTISEMENT -

Advertisement

यो बिवप्तिको समयमा सबै एकजुट भएर सामना गर्नुको विकल्प नभएको भन्दै सरकारले अघि सारेका अभियान सकारात्मक भएको पनि उनले बताए । तर, सरकारको गतिविधि ढिलो भएकाले जनताले नै सचेत रहँदै कोरोना भाइरसविरुद्धको अभियानमा जुट्न आव्हान गरे ।

संकटपूर्ण स्थितिमा सचेत हुँदै अघि बढ्नका लागि सबै सचेत भएर अघि बढ्नुपर्ने भन्दै नेता खतिवडाले अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अभियन्ताहरुलाई धन्यवाद समेत दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -