- ADVERTISEMENT -

उच्चस्तरीय समन्वय समितिको बैठक : लकडानको समय थप्ने निर्णय

March 29, 2020
564
Shares
- ADVERTISEMENT -

काठमाडौं, १६ चैत २०७६ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडानको समय थप्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको गठित समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।

- ADVERTISEMENT -

Advertisement

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ ।

सरकारले विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

- ADVERTISEMENT -

Advertisement

तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । समायावधि सकिनु पुर्व नै जोखिमलाई न्युनिकरण गर्ने उदेश्यका साथ लकडाउन नियमित हुनेछ ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । विश्वका २०० भन्दा बढि देशमा फैलिसकेको कोभिड–१९ ले ३१ हजार बढिको ज्यान लिइसकेको छ भने ६ लाख ७० हजारको हाराहारीका मानिसहरु संक्रमित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -