- ADVERTISEMENT -

कोरोना भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर वाइड बडी विमान काठमाडौँ आइपुग्यो

March 29, 2020
536
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १६ चैत २०७६ । कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ । शनिबार मध्यान १२ बजेर ३१ मिनेटमा नेपाल वायुसेवाको जहाज आरए ४१७१ ग्वान्जाओतर्फ उडेको थियो।

ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज राति १ बजे काठमाडौं विमानस्थलमा आइपुगेको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य मन्त्रालयले गरेको अर्डर अनुसारका १९ थरी स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन उडेको थियो ।

नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल सरकारले चीन र भारत दुवै देशसँग स्वास्थ्य सामाग्री माग गरेको थियो।

- ADVERTISEMENT -

Advertisement

विमानले चीनबाट स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई) सँगै अन्य महत्वपूर्ण मेडिकल उपकर ल्याएको भएपनि के–के र कुन–कुन व्यापारीका सामान ल्याएको हो भन्ने विषयमा केही खुलाईएको छैन ।

चीनबाट स्वास्थ्य सुविधासहितका पाँचवटा मोबाइल एम्बुलेन्स आउने अघिल्लो सोमबारको मन्त्रीस्तरीय बैठकको निर्णयले गरीसकेको छ भने पोर्टेबल भेन्टिलेर सयवटा, अक्सिजन प्लान्ट एक सयवटा, एन९५ मास्क डेढ लाखवटा, सर्जिकल मास्क दुई लाखवटा सहित १९ प्रकारका सामाग्री चीनबाट ल्याउने तयारी सरकारको थियो ।

विमानमा चालक दलका चार सदस्य, दुई इन्जिनियरसहित १० जना चीन गएका थिए। यसअघि यही विमनले चीनको वुहानबाट १७५ जना नेपालीको उद्धार पनि गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -