Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:१६ बिहान
- ADVERTISEMENT -

विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २७ हजार ३ सय ४३ जनाको मृत्यु

प्रकाशित मिति: २०७६ चैत १५, शनिबार

555
Shares

एजेन्सी, १५ चैत २०७६ । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २७हजार ३४३ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ९६ हजार ३४९ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा ९ हजार १३३, स्पेनमा ५ हजार १३८, चीनमा ३ हजार २९५, इरानमा २ हजार ३७८, फ्रान्समा १ हजार ९९५ र अमेरिकामा १ हजार ६९५ जनाको मृत्यु भएको छ ।

केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ । अमेरिकामा १, लाख ४ हजार १२६, चीनमा ८१ हजार ३९४, इटलीमा ८६ हजार ४९८, स्पेनमा ६५ हजार ७१९, जर्मनीमा ५० हजार ८७१, इरानमा ३२ हजार ३३२ र फ्रान्समा ३२ हजार ९६४ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको वल्डोभिटरर्सडट इन्फोलमा उल्लेख गरेको छ ।

दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी १ हजार ३७३ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ । भारतमा ८८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ११० व्यक्तिमा सङ्क्रमण १० जनाको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण, नेपाल र भूटानमा तीन जना सङ्क्रमण र नेपालमा ४ जनामा संक्रमण देखिएको छ भने जसमा १ जना निको भएर घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -