- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी

March 27, 2020
616
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ चैत्र २०७६ । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चिनियाँ समकक्षी सीसँग कुराकानी भएको आफ्नो सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उनले कोरोना भाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘भर्खरै चीनका राष्ट्रपति सीसँग प्रभावकारी कुराकानी भएको छ । हामीबीच पूरा विश्वलाई तहसनहस बनाएको भाइरसको बारेमा कुराकानी भयो । चीनले धेरै काम गरिसकेको छ र उसलाई भाइरसका बारेमा राम्रोसँग थाहा छ । त्यसैले हामी मिलेर अघि बढ्दैछौँ । धेरै सम्मान,’ ।

कोरोना भाइरसलाई पटक पटक ‘चाइना भाइरस’ भन्दै आएका ट्रम्पले अन्ततः सीसँग कुरा गरेका हुन् । आज भने उनले ‘भाइरस’ मात्रै उल्लेख गरेका नभई चीनप्रति सम्मान नै व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले चिनियाँ सहयोग लिएर अमेरिकामा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा लिने संकेत पनि गरेका छन् ।

कोरोना भाइरसको संक्रमणमा अमेरिका पहिलो नम्बरमा पुगेपछि उनले सीसँग वार्ता गरेका हुन् । शुक्रबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ८५ हजारभन्दा बढी पुगेको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भैसकेको छ।  चीन, इटालीपछि अब अमेरिकालाई कोरोना भाइरसको इपिसेन्टर मानिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भने विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नियन्त्रणका लागि पूरा विश्व एक भएर लड्नुपर्ने बताउँदै आएका छन् । आफ्नो देशमा भाइरसको संक्रमण नियन्त्रणतर्फ लगेको चीनले पछिल्लो समय विभिन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण, औषधि र चिकित्सक पठाइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -