- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

March 27, 2020
605
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १४ चैत २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति मुटुमा असहजता महसूस गरेपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको बालुवाटार उच्चस्रोतले जनाएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा डा शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल बढेर असहजता महसूस गरेपछि उनलाई राति नै अस्पताल लगिएको थियो। निजी चिकित्सक डा शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहनुभएको थियो ।

उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -