Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४७:२० बिहान
- ADVERTISEMENT -

नयाँदिल्लीमा अलपत्र अवस्थाका नेपाली नागरिकहरूलाई यथाशिघ्र उद्धार गरियोस् !

प्रकाशित मिति: २०७६ चैत १३, बिहीबार

858
Shares

नयाँदिल्ली, १३ चैत २०७६ । भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली अलपत्र परेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले महानगरनिकट पूर्ववर्ति गाजियावादमा भोकै–प्यासै बीच बाटोमा अलपत्र अवस्थामा रहेका छन् । हालसम्म उनीहरूको कहिँ कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु । त्यसमा पनि डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि साथमा रहेकी छिन् र भोकै रहेकाे बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक,कारुणिक अवस्था रहेको छ ।

एकातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिका कारण नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि हो ।

अघिल्लो महिना चीनको वुहानमा कस्टकर अवस्थामा रहेका १ सय ७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागत योग्य काम गरेको थियो । सोही अनुरुप संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयाहिन अवस्थामा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरू जहाँ भए पनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग रहेको छ ।

नेपालमा जस्तै भारतमा लकडाउनको कारण अलपत्र परेका नेपाली नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने राज्यको अनिवार्य दायीत्व  हो ।  यो संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशिघ्र उद्धार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगरियोस्, यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिईयोस् भनी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु । 

समग्र नेपाली र कोरोना बिचको हो । हामी नेपाली मात्र हौं । धनी,गरीब,जातभात, जाती धर्म ,क्षेत्र र राजनीतिबाट माथी उठेर यो महामारी सँगको संघर्षमा एक भएर समर्पित हुनु यस परिस्थिमा हाम्रो साझा कर्तव्य हो ।

लक डाउनलाई पूर्ण राष्ट्रिय समर्थन छ, तर हरेक दिन काम गरेर जहान बच्चाको पालन पोषण गर्नु पर्नेहरुको दुर्दशा पूर्ण अवस्था समाधान गर्न तुरुन्त राहत प्याकेज व्यबस्था गर्नु जरुरी रहेको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाको निमित्त पीपीई, परीक्षण किटको अझै अभाव सुनिन्छ । परीक्षण व्यापक बनाउँदै हरेक जिल्लामा केन्द्र तोकी साधन, श्रोत, दक्ष जनशक्तिको व्यबस्था गर्न ढिलाइ भइसक्यो ।( A stich in time saves nine ) भने झै समयमै गम्भीर र जिममेवार बन्न जरुरी रहेको छ ।

लकडाउन अझै लम्बिन पनि सक्छ ? तसर्थ दैनिक अनिवार्य आबस्यक उपभोक्ता सामग्रीको  माग र आपूर्ति को बजार व्यवस्थापनतिर विशेष चनाखो हुन् जरुरी रहेको छ ।

अर्जुन नरसिह के सी 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -