Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:०१ बिहान
- ADVERTISEMENT -

लकडाउन उलङ्घन गर्नेहरूमाथि बल प्रयोग गर्न निर्देशन

प्रकाशित मिति: २०७६ चैत १२, बुधबार

770
Shares

काठमाडौँ, १२ चैत २०७६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको प्रतिकार्य अभियान ‘स्व–कफ्र्यु’ (लकडाउन) उलङ्घन गर्नेहरूमाथि सामान्य बल प्रयोग गर्न निर्देशन भएको छ ।

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक काम वाहेक आफूखुशी सडकमा निष्केकाहरूलाई नियन्त्रणमा लिई कारवाही र अटेर गर्नेहरूमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अफ्ठयारो परेकाहरूलाई सोधपुछ गरी छोडि दिने र अन्यको हकमा नियन्त्रणमा लिई कारवाही गर्न निर्देशन भएको बताउनुभयो ।
‘यो संकटको वेलामा हामीले आफ्नो सुरक्षा आफैले गर्ने हो’ यसका लागि सबैभन्दा उत्तम विकल्प घरभित्र बस्नु हो, उहाँले भन्नुभयो–दाइ, भाइ, साथी र आफन्त भेट्ने तथा सामान किन्न जाने वहानामा घरवाहिर निष्कन छुट कसैलाई छैन ।

लकडाउनको पहिलो दिन सम्झाई बुझाई गरियो अव अटेर गर्नेमाथि सामान्य बल प्रयोग गर्ने कि भन्ने निर्णयमा पुगेका छौं, उहाँले थप्नुभयो–सम्झाई बुझाई गर्दा पनि नमान्नेहरुमाथि ‘एक्सन’ लिनै पर्ने हुन्छ । उहाँले अफ्ठयारो परेकाहरूलाई आवश्यक सहयोग गर्न प्रहरीलाई निर्देशन दिनु भएको छ ।

दोस्रो दिन थप प्रभाव
पहिलो दिनको तुलनामा दोस्रो दिन मंगलवार लकडाउनको थप प्रभाव परेको छ । तर, विहान उपत्यकाको छिमेकी जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रे, गोरखा, मकवानपुर र रसुवा जान मोटरसाइलमा हिडेकाहरु समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ती मध्ये कतिपय भने अनावश्यक रुपमा सडकमा निष्केको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, करीव तीनसय भन्दा बढी सवारी साधनहहरु नियन्त्रणमा लिएको छ । धेरैजसो कार र मोटरसाइकल लगायतका निजी सवारी साधनहरु रहेका छन् ।

तीनसय ५० जना भन्दा बढीलाई सम्झाई बुझाई पुनः आएकै गन्तब्यमा फर्काइएको छ । विहान १० वजेबाट अनावश्यक रुपमा निष्केका सवारी साधनहरु नियन्त्रणमा लिई नजिकको प्रहरी कार्यालयमा थन्क्याइ चालकलाई प्रहरी हिरासतमा राख्ने ब्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -