Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:३८ बिहान
- ADVERTISEMENT -

विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु , लाख २१ हजार ४ सय १३ जनामा संक्रमण

प्रकाशित मिति: २०७६ चैत १२, बुधबार

667
Shares

काठमाडौँ, १२ चैत २०७६ । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक देखिए यताको तीन महिनामा यसले करिब १९ हजारको ज्यान लिइसकेको छ। यही अवधिमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख २१ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। पछिल्लो तथ्याङ्कअनुसार त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख २१ हजार ४ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ८८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्। विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ ।

विश्वका यी दश देश छन् जहाँ कोरोनाभाइरसको असर बढी परेको छ ।

त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।

इटलीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार १६० जनाको मृत्यु भएको छ । स्पेनमा २ हजार ८०८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा १ हजार ९३४ जना, फ्रान्समा १ हजार १ सय जना, अमेरिकामा ७७५ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा २७६ जना, जर्मनीमा १५७ जना र बेल्जियममा १२२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विश्वभर कम्तिमा पनि चारलाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अहिलेसम्म चार लाख २० हजार जना कोरोना संक्रमित छन् ।

कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटलीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -