ललितपुर, ११ चैत २०७६ । लकडाउनका कारण काठमाडौं सुनसान भएको छ । आज चैत ११ गतेदेखि १८ गतेसम्म सरकारले लकडाउन गरेको हो । पानीका गाडी, एम्बुलेन्स, सञ्चार माध्यमका सवारी साधन लगायत अन्य अति आवश्यक बाहेक अन्य सबै ठप्प भएका छ । पसल सबै बन्द भएका छ्न । चोक चोकमा सुरक्षा व्यवस्था कडा परिएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका प्रभाबका कारण सर्बसाधारण गाउगाउ फर्केका छन् ।
सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले एक प्रकारको आतंक फैलिएको छ । सरकारले पनि आम नागरिकको मनोबल बढाउने तर्फ कुनै ध्यान दिएको छैन बरु जताततै बन्द गरेर सर्व साधारणलाई त्रास फैलाएको छ । यतिबेला अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने जरुरी छ ।








































