- ADVERTISEMENT -

कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह : सांसद गगन थापा

March 23, 2020
939
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० चैत २०७६ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन् ।


आज सोमबार विहान आफ्नो ट्वीटर ह्यान्डलमार्फत उनले यस्तो आग्रह गरेको हुन् । सांसदल थापाले ट्वीटरमा लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौँ ।’

- ADVERTISEMENT -

Advertisement

जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग उनले सबैलाई अपिल गरे । सांसद थापाले अगाडि लेखेका छन्, ‘जसले जहाँबाट जति सक्छौँ यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पारौँ ।’

त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरे । उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस् ।’ 

- ADVERTISEMENT -

Advertisement

Gagan Thapa

@thapagk

सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -