- ADVERTISEMENT -

नर्भिक अस्पतालमा काेराेना संक्रमित बिरामीकाे मृत्यु हल्ला मात्रै

March 21, 2020
1019
Shares
- ADVERTISEMENT -

काठमाडाैं, ८ चैत २०७६ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे हल्ला मात्र भएकाे अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताउनु भएको छ ।

सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे चौधरीले बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे र एक जनाकाे मृत्यु भएकाे भन्ने सामाजिक सञ्जालमा फैलिएकाे सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाकाे पछि नलाग्न आग्रह गर्नुभयो । उहाले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गर्नु भएको छ । सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन । भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ ।

नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन् । पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -