- ADVERTISEMENT -

कोरोना संक्रमण प्रभाव : सरकारले अर्को कडा तयारीमा

March 20, 2020
818
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ चैत २०७६ । नोभल कोरोना भाइरसले दक्षिणी छिमेकी भारतमा महामारीको रुप लिन थालेपछि नेपाल सरकारले अर्को कडा तयारी थालेको छ ।

बुधबार देशलाई ‘अघोषित लकडाउन’ गरेको सरकारले कोरोना फैलिन नदिन अर्को कडा कदम चाल्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यही कदमका लागि शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेललाई बालुवाटारमा बोलाएर आवश्यक निर्देशन दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका पोखरेललाई प्रधानमन्त्री ओलीले आवश्यक सबै कदम चाल्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकाहरु बन्द गरिसकेको सरकारले अब राजधानी काठमाडौंसहित देशका संवेदनशील भूभागलाई अनिश्‍चितकालीन ‘लक डाउन’ को तयारी गरेको हो।

सरकारले कोरोना फैलिन नदिन भीडभाड हुने सार्वजनिक स्थानहरु चलचित्र घर, सांस्कृतिक केन्द्र, पौडी पोखरी र व्यायमशाला बन्द गरिसकेको छ। त्यस्तै एसईईसहितका सबै परीक्षा स्थगित भएका छन्। विद्यालय र विश्‍वविद्यालयका सबै पठनपाठन स्थगित भएको अवस्थामा अब सरकारले नागरिकलाई घर भित्रै रोक्ने तयारी थालेको हो।

‘प्रधानमन्त्रीले संयोजक पोखरेललाई कोरोना रोकथाम गर्ने सबै उपाय अपनाउन निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो, ‘त्यो भनेको ‘लक डाउन’ सम्मको चरण हुन सक्छ।’

भारतमा शुक्रबारसम्म कोरोनाबाट ५ जनाको ज्यान गइसकेको छ। त्यस्तै संक्रमितको संख्या २०६ पुगिसकेको अवस्था छ। कोरोनाले सीमा जोडिएको उत्तरप्रदेशलाई पनि पिरोलिसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक सम्बोधनमार्फत् देशमा आइतवार ‘जनता कर्फ्यू’ घोषणा गरिसकेका छन्। कोरोनाविरुद्ध भारतले कडा संघर्ष गरिरहेको अवस्थामा नेपाल सरकारले पनि त्यही तहको तयारी गरेको हो।

प्रधानमन्त्रीको सम्बोधन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले अपरान्ह ६ बजेर नेपाल टेलिभिजनबाट उक्त सम्बोधन गर्न लागेका हुन्।

त्यही सम्बोधनबाट देशलाई ‘लक डाउन’ मा लैजाने घोषणा हुन सक्ने स्रोतले जनाएको छ। उपप्रधानमन्त्री पोखरेलसँगको छलफलपछि प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्न लागेका हुन्।

‘प्रधानमन्त्रीको सम्बोधनबाटै मुलुकलाई ‘लक डाउन’को चरणमा लैजाने घोषणा हुन सक्छ’, स्रोतले भन्यो, ‘अहिलेसम्म कोरोना नफैलिएकाले यसलाई फैलिन नदिने सबै उपाय र शक्ति लगाउने निर्देशन प्रधानमन्त्रीले दिइसक्नु भएको छ। यस्तो अवस्थामा शुक्रबारै नयाँ निर्णय आउन सक्छ।

समितिको बैठक

प्रधानमन्त्री ओलीसँगको छलफलपछि उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड-१९) रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक डाकेका छन्। यो बैठकमा कोरोना रोक्न अझै कडा निर्णय गर्न सक्ने बताइएको छ।

‘समितिको बैठक पनि आजै बस्दैछ। प्रधानमन्त्रीले पनि आजै सम्बोधन गर्नुहुनेछ’, पोखरेलका एक सहयोगीले भने, ‘प्रधानमन्त्रीको सम्बोधनसँगै समितिले पनि मुलुकलाई ‘लक डाउन’को चरणमा लैजानेसम्मको निर्णय लिन सक्नेछ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -