नयाँ दिल्ली, ७ चैत २०७६ । निर्भया बलात्कार पछि हत्याका दोषी अक्षय ठाकुर, पवन गुप्ता, मुकेश सिंह र विनय शर्मालाई दिल्ली को तिहाड जेलमा फाँसि दिइएको छ । चारै जना दोषिलाई तय गरीएको समय अनुसार विहान ५ : ४७ बजजे फाँसी दिइएको हो । अब यी चारै जनाको शवलाई पोस्टमार्टमको लागी अस्पताल लगिनेछ ।
१६ डिसेम्बर २०१२ मा दिल्लीमा निर्भयासँग बर्बतापुर्वक सामुहिक बलात्कार भएको थियो । यो घिनलाग्दा अपराधले पुरै भारत मात्र नभएर विश्वलाई नै झकझकाएको थियो । गएको ७ बर्ष भन्दा पनि बढि समय देखी निर्भयाकी आमा आशा देवी छोरीको न्यायको लागी लडाई लड्दै आएकी थिइन । आज निर्भया र उनको पुरै परिवारले न्याय पाएका छन् । दोषिहरुका वकिल एपी सिंहले अन्तिम समयसम्म दाषिहरुलाई बचाउने कोशिश गरेका थिए ।
अन्तत दोषिहरुले सजाय मुत्युदण्ड पाए ।
यसअघि तीन पटक कानुनी विकल्पहरु भएकाले उनीहरुलाई दिइने भनिएको मृत्युदण्डको सजाय टर्दै आएको थियो ।
सन् २०१२ मा दिल्लीको सडकमा निर्भयाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएपछि चारै जनालाई तल्लो अदालतले फाँसीको सजाय सुनाएको थियो । सन् २०१४ मा उच्च अदालतले, २०१७ मा सर्वोच्च अदालतले फाँसीको सजाय सुनाएको थियो ।
यसअघि सन् २०१३ सेप्टेम्बरमा अभियुक्तहरुलाई मृत्युदण्डको सजाय हुने आदेश अदालतले दिईसकेको थियो ।
बसमा सवार पशु चिकित्सक निर्भयामाथि बसमा यात्रा गरिहेको बेला ट्रक चालकसहित ६ जनाले सामूहिक बलात्कार गरेका थिए ।
उक्त घटनामा ६ जना संलग्न रहेकोमा एक जनाले तिहाड जेलमै आत्महत्या गरिसकेका छन् भने एक नाबालकलाई सुधार गृह पठाइएको थियो । उनलाई तीन वर्षपछि रिहा गरिएको थियो ।








































