Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:५९ बिहान
- ADVERTISEMENT -

कोरोनाको त्रास बढेसंगै भिसा अवधि थप्नेको भीड

प्रकाशित मिति: २०७६ चैत ७, शुक्रबार

650
Shares

काठमाडौं, ७ चैत २०७६ । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् ।

नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइ अवधि लम्बाएका हुन् ।

सिङ्गापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० दिनअघि पोखरा आएका थिए । पोखरासहित लुम्बिनी, काठमाडौँका विभिन्न ठाउँ घुमिसकेको र अब फर्किने बेलामा कोरोना सङ्क्रमणले स्वदेश फर्किन नपाएकाले अन्नपूर्ण पदयात्रा गर्ने सोचका साथ बसाइ लम्बाएको बताउनुभयो । उहाँले सोका लागि पोखरास्थित अध्यागमन कार्यालयमा सोमबार भिसा थपका लागि आएको बताउनुभयो ।

अस्ट्रेलियन नागरिक हेरीले पनि कोरोनाको कारण देखाउँदै पोखरामै म्याद थप गरी बसेको बताउनुभयो । ३० दिनको भिसा लिएर आएका उहाँले भारत हुँदै नेपाल प्रवेश गरेको बताउनुभयो । हेरीले लुम्बिनी, पाल्पा, पोखरा, मुस्ताङसम्मको यात्रा गरिसकेको बताउनुभयो । थप केही दिनका लागि पोखरामै बस्ने समेत बताउनुभयो ।

यस्तै, पोखरा घुम्न आएका चिनियाँ पर्यटक पिङ कोन पिन पनि बसाइ लम्बाउँदै एबीसी ट्रेकमा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले अध्यागमन कार्यालयमा भिसासमेत थप गरेको बताउनुभयो ।

उनीहरूसँगै पोखरा घुम्न आएका पर्यटकले अध्यागमन कार्यालयमा धमाधम भिसा थप्न थालेको कार्यालयका प्रमुख चेतराज आचार्यले बताउनुभयो । उहाँका अनुसार तेस्रो मुलुकबाट आउने पर्यटकबाट तीन÷चार दिनयता धमाधम भिसा थप भएको छ । गत वर्षको माघ र फागुन महिनामा कुल एक हजार ६६ जनाले भिसा थपेर बसाइ लम्बाएका थिए तर चालू आवको माघ र फागुनमा ९९४ जनाले भिसा थप गरेका छन् । गत वर्ष २०७५÷७६ मा सात हजार ४६४ जनाले भिसा थप गरेकोमा चालू आवको फागुन मसान्तसम्म कुल चार हजार ५५ जनाले भिसा थपेका छन् ।

चीनबाट फैलिएको कोरोना विश्वका अधिकांश मुलुकमा प्रवेश गरिसक्दा नेपाल भने हालसम्म सुरक्षित रहेको सरकारी अधिकारीले दाबी गरेका छन् । जसका कारण तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यटकले यहाँ सुरक्षित ठानी बसाइ लम्बाउने गरेका जनाएका छन् ।   अन्नपूर्णबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -