- ADVERTISEMENT -

‘आवागमन रोकौं, परीक्षण दर बढाऔं’

March 19, 2020
670
Shares
- ADVERTISEMENT -

गगन थापा, पूर्वस्वास्थ्यमन्त्री

पूर्वस्वास्थ्यमन्त्रीको हैसियतमा अहिलेको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? हाम्रो क्षमता कस्तो छ, कहाँनिर चुकिरहेका छौं ?

- ADVERTISEMENT -

Advertisement

अहिले ३ विकल्प छन् । पहिलो, यात्राको आगमनलाई पूर्ण रूपमा रोक्ने हो । दोस्रो, चीनको वुहानबाट ल्याएको जस्तै बाहिरबाट आएकालाई सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने । तेस्रो, नेपाल आइसकेकालाई होम वा सेल्फ क्वारेन्टाइनमा राख्ने हो । आजबाट हामीले फाराम वितरण गर्ने भनेका छौं । यो एकदमै गाह्रो छ । बाहिर पनि यो गर्न सकिएको छैन । भारतमा स्ट्याम्प लगाइन्छ । ऊ बाटोमा भेटियो भने दण्ड सजाय हुन्छ । यो चुनौतीपूर्ण छ ।

विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भनिएको छ । सरकारले अब ध्यान दिनुपर्ने कुरा भनेको आगमनलाई रोक्नुपर्छ । अत्यावश्यक हवाई आगमनलाई त झनै कडाइ गर्नुपर्छ । स्थलगत नाकाहरूमा मुख्य ४ नाकाबाहेक पनि आउजाउ भइरहेको छ । भारतसँगको साना नाकाहरू पनि सुचारु छन् । हेल्थ डेस्क छैन । वरिपरि उपचार गर्ने व्यवस्था र प्रणाली पनि छैन । ४ वटाबाहेक सबै नाका बन्द गराउनुपर्छ ।

- ADVERTISEMENT -

Advertisement

नागरिकलाई सभा सम्मेलन रोक्न आह्वान गरिएको छ । अब मान्छेको आउजाउ भेटघाट बन्द गराउनेतिर सोच्नुपर्‍यो । अलि बलपूर्वक पनि बन्द गराउन सकिने जति कुरा बन्द गराउनुपर्‍यो । कोही बिरामी भेटियो भने उसको सम्पर्कमा रहेका व्यक्तिलाई पनि ध्यान दिनुपर्‍यो । धेरैभन्दा धेरै तथ्यांक राख्नुपर्‍यो ।

सरकारले एउटा मात्रै मुखले बोल्नुपर्‍यो । सरकारका मन्त्रीपिच्छे कोरोनाका विषयमा फरक/फरक कुरा आएका छन् । हरेक दिन साँझ पत्रकार सम्मेलन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्दा राम्रो हुन्छ । स्वास्थ्य मन्त्रालयले शंका लागेकाहरूको परीक्षण गर्ने दर बढाउनुपर्‍यो । ल्याबको दायरा फराकिलो बनाउनुपर्‍यो । काठमाडौंभन्दा बाहिर पनि भाइरल परीक्षण गर्ने व्यवस्था गर्नुपर्‍यो । स्वास्थ्य संस्थाहरूमा संक्रमित राख्ने बेडहरूको व्यवस्था गर्नुपर्छ ।

उपत्यकाको कुनै मेडिकल कलेजलाई लिएर ६ महिनाका लागि लिएर कोराना हस्पिटल बनाउन सकिन्छ । कुनै निजी अस्पताल पनि सरकारले लिएर कोराना अस्पताल बनाउन सकिन्छ । जिल्लाका मेडिकल कलेज पनि लिएर अरू सेवा बन्द गराएर कोरोना अस्पताल बनाउन सकिन्छ । ७ वटै प्रदेशमा उपचार गर्ने व्यवस्था त्यसपछि मात्रै मिल्छ ।

स्वास्थ्यकर्मीलाई तालिम र भत्ता चाहिन्छ । स्वास्थ्य सामग्री किन्ने प्रक्रिया ढिला भइरहेको छ । स्वास्थ्यकर्मीसहित गैरस्वास्थ्यकर्मी पनि सँगै परिचालन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सूचना दिन पनि कञ्जुस्याइँ गरेको छ । नागरिकलाई सचेतनाको सूचना प्रशस्त दिनुपर्‍यो ।

तपाईंको निष्कर्ष लकडाउनमा जानुपर्ने स्थिति आएको छ भन्ने हो ?

एउटा पनि संक्रमण नदेखिएकाले केही दिनसम्म यतिकै कुरेर हेर्न सकिन्छ । तर अरू देशहरूको उदाहरणलाई हेर्दा चुप लागेर हेरेर बस्दा ढिला हुन सक्छ । त्यसैले अहिले हामीले गर्ने भनेको मान्छे/मान्छेबीचको भेटघाटलाई जति सकिन्छ कम गर्ने हो ।

मानिसहरू भेटघाट हुने भोज–भतेर, मठ–मन्दिर, चर्च सबै बन्द गर्नुपर्‍यो । सकेसम्म नेपाल आउनबाट रोक्ने प्रयासहरू गर्नुपर्छ । हस्पिटलहरूको अवस्था सुधार गर्नुपर्छ । हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ । देशभरिका मान्छे काठमाडौं उपचार गर्न आउनुपर्ने अवस्था छ ।

यो कुरालाई हेरेर सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्छ । अहिले स्थानीय सरकारको भूमिका अत्यन्तै बढी छ । तर स्थानीय सरकारको परिचालन प्रभावकारी हुन सकेको छैन । कान्तिपुरको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -