- ADVERTISEMENT -

कोरोना संक्रमण त्रास : हज यात्रा रोक्न निर्देशन

March 19, 2020
947
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ चैत २०७६ । कोरोना संक्रमणको त्रासपछि सरकारले हरेक वर्ष हजका लागि साउदी अरेविया जाने गरेका हज यात्रीलाई यस वर्ष नपठाउने भएको छ ।

कोरोना संक्रमण विश्वभर फैलिएपछि बुधबार गृहमन्त्री रामबहादुर थापाले साउदीमा हज गर्न जानेलाई अनुमति नदिन निर्देशन गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपालस्थित साउदी दूतावासले मन्त्रालयलाई तत्कालका लागि हजको प्रक्रिया रोक्न आग्रह गरेपछि गृहमन्त्री थापाले यस्तो निर्देशन दिनु भएको हो । साउदीले नेपालसहित सबै देशबाट हजमा जानेलाई तत्काल प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको गरिएको छ ।

नेपाल हज कमिटिका सदस्य शमशेर मियाँका अनुसार प्रत्येक वर्ष नेपालबाट १ हजार २ सयदेखि १ हजार ५ सय जनासम्म हजका लागि त्यसतर्फ जाने बताउनु भयो । २०७७ साल असार अन्तिम साताबाट सुरु हुने हज ४२ दिनसम्म चल्ने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -