Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:२३ बिहान
- ADVERTISEMENT -

अहिलेसम्म १६२ देशमा कोरोना भाइरस, ग्रीन जोनमा नेपाल मात्रै (सूचीसहित)

प्रकाशित मिति: २०७६ चैत ५, बुधबार

614
Shares

काठमाडौं, ५ चैत २०७६ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ ।

एक लाख ८३ हजार ३ सय २५ जनामा संक्रमण भेटिएको छ । तीमध्ये ७ हजार १ सय ७७ जनाको मृत्यु भइसक्यो । तर उपचार हुनेको संख्या ठूलो छ । हालसम्म ७९ हजार ९ सय ८ जनाको उपचार सम्भव भएको छ ।

कोरोना भाइरसबारे ताजा तथ्यांक सार्वजनिक गरेको साइट ‘वल्र्डओमिटर्स डट इन्फो’ले हालै जारी गरेको सूचना अनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमणको संख्या चीनमा नै छ । जसमध्ये चीनमा ८० हजार ८ सय ८१ संक्रमित छन् । यस्तै ३ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा धेरै नै ६८ हजार ६ सय ९४ को उपचार पनि सम्भव भएको छ ।

यसपछि इटलीमा सबै भन्दा धेरै संक्रमित भेटिएका छन् । मृत्युको संख्या पनि इटलीमा दोस्रो ठूलो छ । जसमध्ये इटलीमा २७ हजार ९ सय ८० संक्रमित भएको इटलीमा २ हजार १ सय ५८ को ज्यान गएको छ । साथै २ हजार ७ सय ४९ जना उपचार गरी सामान्य अवस्थामा पुगेका छन् ।

‘वल्र्डओमिटर्स डट इन्फो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वाहेक १ सय ६१ देशमा संक्रमणबाट मृत्यु भएको छ । नेपाल मात्रै त्यस्तो देश हो, जहाँ संक्रमित भेटिए पनि मृत्यु भने भेटिएन । अर्थात्, नेपालमा एक महिनाअघि एकजना संक्रमित भेटिएका थिए । तर उपचारपछि ती व्यक्ति सकुशल भए । त्यसपछि नेपालमा संक्रमण भेटिएको छैन । जसअनुसार ‘वल्र्डओमिटर्स डट इन्फो’ अनलाईनले नेपाललाई ‘green list’ मा राखेको छ ।

कहाँ कति संक्रमण, मृत्यु र उपचार ?

चीन : ८०८८१ संक्रमित, ३२२६ मृत्यु, ६८६९४ उपचार

इटली : २७९८० संक्रमण, २१५८ मृत्यु, २७४९ उपचार

इरान : १४९९१ संक्रमित, ८५३ मृत्यु, ४९९६ उपचार

स्पेन : ९९४२ संक्रमित, ३४२ मृत्यु, ५३० उपचार

दक्षिण कोरिया : ८३२० संक्रमित, ८१ मृत्यु, १४०१ उपचार

जर्मनी : ७२७२ संक्रमित, १७ मृत्यु, ६७ उपचार

फ्रान्स : ६६३३ संक्रमित, १४८ मृत्यु, १२ उपचार

अमेरिका : ४७४३ संक्रमित, ९३ मृत्यु, ७४ उपचार

स्वीट्जरल्याण्ड : २३५४ संक्रमित, २१ मृत्यु, ४ उपचार

युके : १५४३ संक्रमण, ५५ मृत्इु, ५२ उपचार

नेदरल्याण्ड : १४१३ संक्रमण, २४ मृत्यु, २ उपचार

नर्वे : १३५६ संक्रमण, ३ मृत्यु, १ उपचार

अस्ट्रिया : ११३२ संक्रमण, ३ मृत्यु, ८ उपचार

स्वीडेन : ११२१ संक्रमण, ७ मृत्यु, १ उपचार

भारत : १२६ संक्रमण, ३ मृत्यु, १३ उपचार

नेपाल : १ संक्रमण, १ उपचार, (मृत्यु नभएको नेपालमा मात्रै ।) अन्नपूर्णबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -