- ADVERTISEMENT -

बेपत्ता पारिएको सूचीमा खानेपानीमन्त्री विना मगरको नाम

March 17, 2020
665
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ४ चैत २०७६ । स-शस्त्र द्व-न्द्वका क्रममा राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा खानेपानी तथा सरसफाइमन्त्री विना मगरको नाम पनि समावेश रहेको पाइएको छ ।

बेपत्ता छानबिन आयोगले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको स-शस्त्र द्व-न्द्वका क्रममा राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा खानेपानीमन्त्री विना मगरको नाम समेत रहेको पाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

द्व-न्द्वकालीन मुद्दा किनारा लगाउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन गरेको थियो। सोहि आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो ।

राज्य र वि-द्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

वेपत्ताहरुको नाम सार्वजनिक भएसँगै अब आयोगले उजुरीमाथि छानविन तथा वयानको काम गर्नेछ। सूचीमा खानेपानीमन्त्रीको समेत नाम परेको प्रति आयोगले नै छानबिन गर्नेछ ।

आयोगका अनुसार सबै भन्दा धेरै बर्दिया जिल्लाबाट २ सय ५४ जना बेपत्ता भएको उजुरी परेको छ। यस्तै दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ ।

मनाङ र मुस्ताङबाट भने कुनै पनि उजुरी परेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -