काठमाडौं, २ चैत २०७६ । सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ ।
आज साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ ।
गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरुलाई अपिल गरेका थिए । मोदीको अपिललाई अरु सदस्य राष्ट्रहरुले जस्तै पाकिस्तानले पनि स्वीकारेपछि भिडियो संवाद सम्भव भएको हो ।
सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ ।
संवादमार्फत सार्क राष्ट्रका नेताहरुले विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ । भारतमा कोरोना भाइरसबाट २ जना र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।








































