- ADVERTISEMENT -

विभिन्न भेगमा वर्षा हुने सम्भावना

March 14, 2020
561
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ चैत २०७६ । आगामी तीन दिन विभिन्न भेगमा वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिमबाट सुरु भएको वर्षा र बदलीको अवस्था तीन दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको पूर्व मौसमले वास्तविक मौसम बोलाउने गर्छ, त्यसैले पनि हावाहुरी, असिना र चट्याङसहित वर्षा हुनेछ, मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो । शुक्रबार देशभर बदली रही पश्चिम र मध्यक्षेत्रका विभिन्न भूभागमा मेघ गर्जनसहित वर्षा हुनेछ । वर्षाको अवधिमा हावाहुरी चल्ने र चट्याङसमेत पर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

शनिबार पनि केही भेगमा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । आइतबार पश्चिम, मध्य र पूर्वका केही स्थानमा वर्षा कायम रहनेछ । उच्च हिमाली भेगमा भने सामान्य हिमपात हुने सम्भावना छ । सोमबारबाट भने मौसममा सामान्य सुधार आउने जनाइएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -