- ADVERTISEMENT -

सबै स्थानीय तहमार्फत सरकारकाे कडा निर्देशन : सीमा नाकामा उच्च सतर्कता

March 13, 2020
617
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० फागुन २०७६ । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ । संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्टमा स्वास्थ्यकर्मीको टोली खटाई परीक्षण गर्ने व्यवस्था मिलाउन आह्वान गरिएको छ । मन्त्रालयका सहसचिव वसन्त अधिकारीले सबै स्थानीय तहका नाममा जारी पत्रमा सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न सूचित गरिएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘सरकारी कार्यक्रम त रोकिए तर सार्वसाधारण भीडभाड जाने क्रम रोकिएको छैन,’ उनले  भने, ‘मिनिबसमा कोचिने, भोजभतेरमा जाने जस्ता काम जारी नै छन्, यो पनि जोखिमपूर्ण छ । त्यस कारण यस्ता कार्यलाई नियन्त्रण गर्न स्थानीय तहमार्फत आग्रह गरेका हौं ।’

भाइरस संक्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई सबै यात्रुको स्वास्थ्य जाँच/स्क्रिनिङ प्रभावकारी पार्नसमेत भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

चीनसँग जोडिएका मुख्य नाका रसुवागढी र तातोपानीमा उच्च सतर्कता अपनाई अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गरी यात्रुको स्वास्थ्य निगरानी तथा परीक्षण गर्न पनि सरकारले निर्देशन दिएको छ । भारतसँग जोडिएका मुख्य नाकाहरू पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाहार गड्डाचौकीलगायतमा अन्तरराष्ट्रिय मापदण्डअनुरुप स्वास्थ्य कक्ष स्थापना गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -