- ADVERTISEMENT -

भारतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ६२ जना संक्रमित

March 12, 2020
472
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २९ फागुन २०७६ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट भारतमा पनि पहिलोपटक एक जनाको ज्यान गएको छ ।

भारतको कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका ७६ वर्षीय वृद्धको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटक राज्य सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी घोषणा गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यससँगै कर्नाटक राज्यमा सबै विद्यालय बन्द गरिएका छन् । भने विद्यार्थीको परीक्षा पनि सारिएको छ । भारतमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ पुगेको छ । यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -