Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
४:४५:०५ बिहान
- ADVERTISEMENT -

सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

प्रकाशित मिति: २०७६ फागुन २९, बिहीबार

649
Shares

काठमाडौं,, २९ फागुन २०७६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   

सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै उहाँले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी उहाँले दिनुभयो ।

सार्क क्षेत्रका साझा चुनौतीबाट पार पाउन र यस भेगको आर्थिक विकासका अथाह सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।   

महासचिवमा आफूलाई अनुमोदन गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले महासचिवको जिम्मेवारी निर्वाहका निम्ति आफूलाई नेपाल सरकारबाट आवश्यक मार्गदर्शन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सार्कको १४औँ महासचिवका रुपमा यही फागुन १८ गतेदेखि उहाँले कार्यभार सम्हाल्नुभएको हो । गोरखापत्रबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -