Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:०२ बिहान
- ADVERTISEMENT -

विश्वकप फुटबलका छनोट खेल स्थगित गर्ने फिफाको निर्णय

प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार

650
Shares

काठमाडौँ, २७ फागुन २०७६ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरेको जनाएको छ ।

फिफाले मङ्गलबार एक वक्तब्य जारी गरी मार्च २३ देखि ३१ र जुन १ देखि ९ सम्मका लागि निर्धारित खेल तात्कालका लागि स्थगित गरिएको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा उक्त छनोट खेल स्थगित गरिएको फिफाले जनाएको छ ।

स्थगित गरिएको खेलको पुर्नतालिका सम्बन्धमा फिफाले एशियाली महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा अर्को मीति तोक्ने जनाइएको छ ।

यद्दपी उसले छनोट खेल्ने सम्बन्धित राष्ट्रहरु आपसी समझदारीमा पूर्व निर्धारित मितिमै पनि छनोट खेल खेल्न सक्ने एशियाली फुटबल महासंघले जनाएको छ । त्यसका लागि दुबै राष्ट्रबीच समझदारीसँगै सावधानीका पर्याप्त उपाय अपनाएको हुनुपर्ने जनाएको छ । तोकिएकै मितिमा छनोट खेल्ने फिफा र एशियाली महासंघको पूर्वस्वीकृति अनिवार्य हुने शर्त निर्धारण गरिएको छ ।

त्यसैगरी, फिफाले ओलम्पिक फुटबल प्रतियोगिताको छनोट खेल निर्धारित मितिमै हुने प्रष्ट्याएको छ । तर दक्षिण कोरिया र चीनबीचको खेल भने जुन १ देखि १० सम्मको अर्को सत्रमा हुने एशियाली महासंघले उल्लेख गरेको छ ।

खेलमा सहभागी प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर फिफा र एशियाली महासंघले छनोट खेलको पुर्नतालिका गर्ने एशियाली महासंघले जनाएको छ । यसअघि फिफाले छनोट खेल स्थगित गर्ने सम्बन्धमा सदस्य राष्ट्रहरु समक्ष औपचारिक प्रस्ताव पठाएको थियो ।

नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइसँग चैत्त १३ गते र अष्ट्रेलियासँग चैत्त १८ गते दशरथ रङगशालामा छनोट खेल्ने पूर्वतालिका रहेको थियो । त्यसैगरी, जुन महिनामा जोर्डनसँग स्पर्धा गर्ने तय गरिएको छ ।

नेपालले यसअघि विश्वकप छनोट खेलमा कुवेतसँग ७–० ले हारेको थियो । चाइनिज ताइपेइलाई २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हार बेहोरेको थियो । घरेलु मैदान दशरथ रङ्गशाला तयार नहुँदा खेल्न सम्भव नभएपछि नेपालले भुटानमा कुवेतसँग १–० ले हार बेहोरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -