गोरखा, २७ फागुन २०७६ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा आज बिहान जिप दुर्घटना भएको छ ।
रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको घटनास्थलबाट स्थानीय सिताराम गुरुङले बताएका छ्न ।
बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ ।
जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको उनले जानकारी दिए । घाईतेहरुको उद्धार गरी जिप खसेको ठाउँबाट सडक सम्म ल्याइएको छ । गम्भिर घाईतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भईरहेको उनले बताउनु भयो ।
जिप खसेको ठाउँमा प्रहरी भर्खरै पुगेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताएका छ्न ।
साँघुरो सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको चालकलाई उदृत गर्दै स्थानीयले बताएक छन् ।








































