Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:०६ बिहान
- ADVERTISEMENT -

नेपालमा १, विदेशमा ३ जना नेपालीमा कोरोना संक्रमण

प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार

893
Shares

काठमाडौं, २७ फागुन २०७६ । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले हिजो सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

नयाँ संक्रमितमध्ये दुई नेपाली, ४ यूएईका, दुई बंगाली, एक रसियन, एक भारतीय र एक सिरियाली रहेको गल्फ टुडेले जनाएको छ । यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको गल्फ टुडेमा उल्लेख छ ।

यस्तै, नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै, आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि सहज तरिकाले कोरोना फैलिएका देशबाट आवतजावत भइरहेको छ ।

विदेशबाट भित्रिने मुख्य नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । विदेशबाट आउनेलाई उच्च ज्वरो आए सिधैं अस्पताल लैजाने व्यवस्था मिलाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिम सूचिमा राखेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको भन्दै बजारमा स्वास्थ्यजन्य सामग्रीहरू (सर्जिकल मास्क, सेनिटाइजर) को कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरे । चिकित्सकले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले भने, ‘जतिसक्दो सरसफाइमा ध्यान दिनुपर्छ । सरसफाई नै पूर्वसावधानीको उपाय हो ।’ राजधानीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -