Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:१३ बिहान
- ADVERTISEMENT -

कुनै पनि अत्यावश्यक वस्तुको अभाव छैन, अनावश्यक भण्डारण नगरौँ: उपाध्यक्ष अग्रवाल

प्रकाशित मिति: २०७६ फागुन २५, आइतबार

509
Shares

काठमाडौँ, २५ फागुन २०७६ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले कुनै पनि अत्यावश्यक वस्तुको अभाव नभएको बताएका छन् । उनले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरे ।

कोरोनाको आतंक सिर्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाई छ । उनले भने,‘तर, यसबारेमा अस्पष्ट र भ्रामक रुपमा प्रचार नगरौं । एक्कासी माग बढेपछि अभाव देखिनु स्वभाविक हो ।’ अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जिकिर गरे । उनले भने,‘हामीले पनि मनिटरिङ गरिरहेका छौं

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले व्यापारी तथा व्यवसायी साथीहरुलाई समेत आफुहरुले समस्या समाधान गर्नको लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले नेपालमा पनि यसको प्रभाव पर्नु स्वभाविक भएको स्पष्ट पारे ।

‘पर्यटन क्षेत्रमा त झनै नकारात्मक प्रभाव परेको छ । अहिलेपनि ९२–९३ प्रतिशत हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हरेक देशमा अहिले उत्पादनमा असर परेको छ ।’–उनले सुनाए । उनले सरकारलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नसमेत सुझाएका छन् । उनले प्राकृतिक विपद् कतिखेर आउँछ ? भन्ने कुरा कसैलाई पनि थाहा नभएकोले सरकारले पूर्वतयारी गर्नुपर्ने तर्क गरे ।

उनले भने,‘कम्तिमा पनि तीन वर्षलाई पुग्नेगरि अत्यावश्यक वस्तुको भण्डारण गर्नुपर्छ । बफर स्टकको रुपमा राख्नुपर्छ ।’ कोरोनाको प्रभावबाट जोगिन सक्नुपर्ने उनको प्रार्थना छ । उनले भने,‘हामी यसको झट्काबाट बच्न सकौं ।’

उनले चेम्बर अफ कमर्सले समेत समिति बनाएको सुनाउँदै बजारमा कुनैपनि अत्यावश्यक वस्तुको अभाव नभएको सुनाउँदै यसबारेमा प्यानिक क्रिएट गर्न नहुने सुझाव दिए । उनले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरे ।

विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढि आतंक सिर्जना भएको सुनाए । उनले भने,‘अहिलेसम्म यसबाट मर्नेको संख्या ३२ सय नाघेको छ । चीनबाहेक ८० प्रतिशत यसको संक्रमण कोरिया, ईरान र इटालीमा देखिएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -