- ADVERTISEMENT -

विश्व शान्तिका लागि सेना खटाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा

March 8, 2020
473
Shares
- ADVERTISEMENT -

काठमाडौ, २५ फागुन २०७६ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । यसअघि पाँचौं स्थानमा रहेको नेपाल १ जनवरी २०२० यतादेखि नेपाल चौथो स्थानमा उक्लिएको हो ।

पछिल्लो तथ्यांकअनुसार विश्वका विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा नेपालका पाँच हजार ६ सय ५८ सुरक्षाकर्मी हाल खटिइरहेका छन् । शान्ति सेनाका रुपमा नेपाली सेनाबाट ५ हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ५ सय ६२ सुरक्षाकर्मी परिचालित छन् ।

- ADVERTISEMENT -

Advertisement

पहिलोपटक सन् १८५८ मा युनाइटेड नेशन्स अब्जर्भेसन ग्रुप इन लेबनान (युएनओजीआईएल) मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

हालसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिसनमा सहभागिता जनाइसकेका छन् । नेपाली सेनाका तर्फबाट १ हजार ४ सय १ जना महिला सैनिक समेत शान्ति सेनाको रुपमा खटिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -