- ADVERTISEMENT -

लोला नहान्नु, भिडभाड नगर्नु, अविर नदल्नु: गृह मन्त्रालय (बिज्ञप्तिसहित )

March 7, 2020
647
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ फागुन २०७६ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने, शरीरमा रंग तथा अविर दल्ने क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

त्यस्तै, मन्त्रालयले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपिल गरेको छ । कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपिल गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -