- ADVERTISEMENT -

गोरखाको धार्चेमा जिप दुर्घटनाका घाइतेहरुको काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुँदै : सबै खतरामुक्त

March 5, 2020
700
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ फागुन २०७६ । गोरखाको धार्चे गाउँपालिकाका भएको जिप दुर्घटनाका घाइतेहरुको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको घटना स्थालमा मृत्यु भएको थियो । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बाेकेकाे बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको र सबै खतरामुक्त भएको अस्पताल स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई काठमाडाै‌ं ल्याइएको थियो । प्रहरीका अनुसार, अपांगता परिचयपत्र वितरणका लागि काशीगाउँतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार, जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -