- ADVERTISEMENT -

कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता

March 4, 2020
688
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १२ फागुन २०७६ । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ ।

पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले भने, ‘सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल स्थगित गर्ने निर्णय भएको छ ।’ शर्माका अनुसार समायोजन बाँकी रहेका जिल्लामा आन्तरिक रूपमा यी काम भने हुनेछन् । ‘समायोजन र १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा जारी नै रहन्छ,’ भन्नुभयो ।

नेपाली काङ्ग्रेस पार्टीका गतिविधि आजैका मितिदेखि लागू हुने गरी स्थगित गरिएको पनि उनले बताए। ‘सरकारले भेला, सम्मेलन गर्न रोक लगाएको छ। प्रतिपक्षीले पनि भेला, सम्मेलन नगर्ने निर्णय गरेको हो,’ उनले भने, ‘दश दिनपछिको अवस्था हेरेर फेरि अर्को निर्णय हुन्छ।’

- ADVERTISEMENT -

Advertisement

कोरोनाभाइरस संक्रमणको सतर्कताका लागि पार्टी भातृ संस्था परिचालन गरिने पनि बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -