- ADVERTISEMENT -

प्रधानमन्त्रीज्यु हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं : नेता गगन थापा

March 4, 2020
755
Shares
- ADVERTISEMENT -

काठमाडौं, २१ फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान मिर्गौला प्रत्यारोपण हुँदै गर्दा उनको स्वास्थ्यको कामना गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले आफूहरु संसदमा स्वागतका लागि कुरिरहेको जानकारी दिनु भएको छ ।

सामाजिक संजालमा बुधबार बिहानै थापाले प्रधानमन्त्री ओली नेपालको उत्कष्ट अस्पतालमा उम्दा क्षमताका चिकित्सक र स्वास्थकर्मीको टोलीबाट दोस्रो पटक मिर्गौला प्रत्यारोप गर्दै गर्दा गजबको आत्मविश्वास र सबै नेपालीको शुभेच्छाले छिट्टो निको हुने विश्वास गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्रीज्यु नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टाेली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा , पूर्ण विश्वास छ, स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ । हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं ।

आफूलाई प्रधानमन्त्री ओली स्वास्थ्य भएर चाँडै घर फर्किनेमा पनि पूर्ण विश्वास रहेको बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -