- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

March 2, 2020
789
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।

यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको मृर्गौला प्रत्यारोपण हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

यसपटक प्रधानमन्त्री ओलीलाई नाताले भाञ्जी पर्ने झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । ३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालय बैठकमा मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए ।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्डमा नाम दर्ता गराइसकेको छ । जसमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको स्रातको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ । समीक्षा सोमबार अपरान्ह अस्पताल पुगिसकेकी छन् ।

ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसअघि ओलीलाई बहिनी नाताकी अन्जान घिमिरेले मृगौला दिएकी थिइन ।

यसअघि फेरिएको मिर्गौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि उनले गत श्रावणदेखी नियमित डाइलायसिस गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -