काठमाडौं, १९ फागुन २०७६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।
उनले सोमबार बिहान ट्विटरमार्फत ओलीलाई बुधबार हुन लागेको मिर्गाैला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ गर्न कामना गरेका हुन्।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु केही अघि मात्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई ट्विटरमा मेन्सन गर्दै मोदीले लेखेका छन्, ‘मेरो प्रिय साथी केपीशर्मा ओलीजी, मैले तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्छु, राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथको आशिर्वाद प्राप्त होस्’, मोदीले आफ्नो ट्वीटमार्फत भन्नुभएको छ । साथै उहाले आउदो दिनमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा पनि गर्नुभएको छ । ‘नेपाल भारत सम्बन्धमा नयाँ उचाइ प्राप्त गर्न तपाईंको निरन्तर योगदानको अपेक्षा पनि गर्दछु ।’
बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदैछन् ।








































