- ADVERTISEMENT -

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना

March 2, 2020
534
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १९ फागुन २०७६ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिनुभएको छ ।

उहाँले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतबार सार्वजनिक गर्नुभएको छ । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एक सय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

उहाँले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताउनुभयो । यसअघि अतिप्रभावित चीन, जापान लगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरि ँदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले विमानमा प्रवेश गर्नुअघि पनि तापक्रम लिन सुरु गरिएको बताउनुभयो ।

साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने र हेछ भन्दै उहाँले थप्नुभयो, “भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछु” ।

उहाँले छिमेकी मुलुक भारतमा सङ्क्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने बताउनुभयो । उहाँले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा अस्पताल तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गर्नुभयो । उहाँले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा सङ्क्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उद्धार टोलीमा देखिएन कोरोना

यसैबीच, कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित क्षेत्र चीनमा रहेका नेपालीको उद्धार गर्न गएका १८ जना उद्धार टोलीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नदेखिएपछि उनीहरूलाई आइतबार क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।

नगर कोटस्थित खानेपानी संस्थानको भवनमा रहेका विमान चालकसहित उद्धार टोलीको शनिबार घाँटीको भित्री भागको ¥याल नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले उद्धार टोलीका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । उहाँले चीनबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दोस्रो चरणमा गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमबार सम्म आइसक्ने जानकारी दिनुभयो ।

पहिलो चर णको परीक्षणका लागि  करेन्टाइनमा राखिएको २४ घण्टाभित्र गर्नुपर्ने मापदण्डअनुसार उद्धार गरी ल्याइएकै दिन फागुन ४ गते नमुना सङ्कलन गरि एको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -