काठमाडौं, १८ फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनीले मृर्गौला दिने घोषण गर्नु भएको छ ।
प्रधानमन्त्री के पी शर्मा ओलीको मृगौला नातिनीसँग म्याच भएपछि नातिनीले मृर्गौला दिन तयार हुनु भएको हो ।
नजिकका आफन्ततर्फकी नातिनीको मृर्गौला म्याच भएको र उनको नाम भने गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।
ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राख्नु भएको छ ।








































