वासिङ्टन, १८ फागुन २०७६ । कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण अमेरिकामा एक जनाकाे मृत्यु भएकाे छ। वासिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वासिङ्टनका गभर्नरले आपत्कालीन स्थितिकाे घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्धको घोषणा गरेको छ ।
चीनकाे वुहानबाट सुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।








































