Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:५६ बिहान
- ADVERTISEMENT -

जापानमा कोरोना भाइरसको संक्रमण परीक्षण निःशुल्क

प्रकाशित मिति: २०७६ फागुन १७, शनिबार

755
Shares

जापान , १७ फागुन २०७६ । जापानमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्दा लाग्ने जापानी येन १ मानभन्दा बढी शुल्क नलाग्ने भएको छ । भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउन नै १३ हजारदेखि झण्डै २ मानसम्म लाग्ने गरेकोमा जापान सरकारले त्यो रकम आफूले तिरिदिएर निःशुल्क बनाउन लागेको हो ।

स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क सरकारले सम्बन्धित अस्पतालहरुलाई भुक्तानी गरेर नागरिकलाई निःशुल्क गराउन लागेको जनाएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अहिले पोलिमर्स चेन रियाक्सन पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ ।

लगातार ७२ घण्टा भन्दा बढी समय ज्वरो आएमा, रुघाखोकी तथा घाँटी दुखेर सास फेर्न गाह्रो हुने, चिरचिर पसिना आएमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

यस्ता संकेत देखिएमा सार्वजनिक स्वास्थ्यकेन्द्रमा फोन गरेर सल्लाह लिनुपर्नेछ । त्यसपश्चात अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार कोरोना भाइरसको संक्रमण आंशका गरिएका व्यक्तिको स्वास्थ्य परीक्षण हुनेछ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्कको रुपमा अस्पतालहरुलाई १३ हजार ५ सय येन र परीक्षण गर्ने संस्थाहरुलाई १८ हजार जापानी येन भुक्तानी गर्ने जनाइएको छ । खर्चलाई जापान सरकारले सार्वजनिक खर्चको बजेटबाट भुक्तानी गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -