- ADVERTISEMENT -

सिरियाको इड्लिबमा हवाई आक्रमण, २९ टर्कीस सेनाको मृत्यु

February 28, 2020
500
Shares
- ADVERTISEMENT -

बिबिसी, १६ फागुन २०७६ । सिरियाले गरेको हवाई आक्रमणमा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको छ ।

टर्कीका प्रान्तीय गभर्नरका अनुसार सिरियाले गरेको हवाई हमलामा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको हो । उनका अनुसार सिरियाको इड्लिबमा भएको हमलामा उक्त आक्रमणमा परी थुप्रै सैन्य अधिकारीहरू घाइते भएका छन् । अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् ।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ । टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसतर्फ अघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -