Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५०:३१ राति
- ADVERTISEMENT -

दिल्लीमा दंगा : मृतकको संख्या १३ पुग्यो

प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार

514
Shares

नयाँदिल्ली, १४ फागुन २०७६ । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा दिल्लीमा नागरिकता संशोधन ऐनको विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शन भएपछि दशकौपछि ठूलो दंगा भएको छ ।

तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि प्रदर्शन भएको थियो । उक्त प्रदर्शनप्रति भारतीय जनता पार्टीका कार्यकर्ता सुरुदेखि नै असन्तुष्ट थिए ।

त्यसो त दिल्लीमा भड्किएको हिंसाले त्यस क्षेत्रमा बस्ने नेपालीलाई क्षति नपुगे पनि उनीहरूमा त्रास बढेको छ । हिंसात्मक घटना भएका क्षेत्रमा नेपालीको बाक्लै उपस्थिति छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा करिब पन्ध्र हजार प्रवासी नेपाली रहेको अनुमान छ ।

हालसम्म नेपालीलाई कुनै क्षति भने पुगेको छैन । उनीहरूमा दंगा थप भड्किने हो भन्ने त्रास भने छ । तनावपूर्ण माहोलका कारण उनीहरू व्यवसाय गर्न तथा अन्य अत्यावश्यक कामका लागि बाहिर निस्कन सकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -