- ADVERTISEMENT -

नेपाल ट्रष्टको कुल २१ हजार ५६२ रोपनी जग्गा , गुमेको १७३ रोपनी फिर्ता ल्याइने

February 26, 2020
511
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १४ फागुन २०७६ । नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा हालसम्म देशभर १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको सार्वजनिक गरेको छ ।

मंगलबार ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गर्दै रक्षामन्त्री तथा ट्रष्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले बाँकी गुमेको १७३ रोपनी जग्गा समेत फिर्ता ल्याउने प्रयास भईरहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष पौषसम्ममा नेपाल ट्रष्टको चल सम्पत्तितर्फ नेपाली रूपैयाँ ७८ करोड नौ लाख ७७ हजार पुगेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र बेलायती पाउन्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको बताइएको छ ।

यस्तै, शेयरतर्फ नबिल बैंकको सेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छहजार ७५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

ट्रष्टले हालसम्म विभिन्न ६ वटा ठाउँको सम्पत्तिलाई भाडामा दिएको छ । यस्तो भाडामा दिएको सम्पत्तिमा गोकर्ण फोरेष्ट रिसोर्टले लिएको २७ सय ९२ रोपनी, कन्सेप्ट डेभलपर्स प्रालिले लिएको कमलादीस्थित ५ रोपनी, स्याण्डर्ड चार्टर ब्यांकले ६ रोपनी १२ आना, टाउन डेभलपर्सले १९ रोपनी १२ आना, थामसेर्कु ट्रेकिङले दरबारमार्गमा १ रोपनी १४ आना र थामसेर्कु ट्रेकिङले नै ताहाचलमा ४ रोपनी चार आना जग्गा भाडामा लिएको छ ।

यसका साथै छोटो अवधिका लागि सार्वजनिक खरीद तथा अनुगमन कार्यालय, गरीबी निवारण कोष, वैदेशिक रोजगार विभाग र निजामती आवासीय विद्यालयलाई ट्रष्टको सम्पत्ति भाडामा लगाइएको छ ।

ट्रष्टले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनमा पनि लगानी गर्ने गरी कार्यविधि बनाइरहेको मन्त्री पोखरेलले बताए । उनका अनुसार पर्यटनमा होमस्टेतर्फ शिक्षामा पुस्तकालय तथा आईटी ल्याब एवं छात्रवृत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।

समितिका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टको श्वेतपत्र सार्वजनिक गर्दै सो कुराको जानकारी गराउनु भएको हो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -