- ADVERTISEMENT -

रंगशाला बनाउन सन्दिपले दिए सगरमाथाको उचाई बराबरको प्रति विकेट रकम

February 21, 2020
640
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, ९ फागुन २०७६ । क्रिकेटर सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि आर्थिक सहयोग गरेका छन् ।

बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्तरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीप र उनका एजेण्टले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् ।

नेपाल–ओमान र अमेरिकाबीच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा सन्दिप लामिछानेले आफुले लिने प्रत्येक विकेट वराबर रु ८,८४८ को दरले निर्माणाधिं गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागी सहयोग गर्ने घोषणा गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट लिएका सन्दिपले सो बराबरको रकम प्रदान गर्ने भएका थिए ।

सन्दीपले आफ्नो तर्फबाट ८ हजार ८ सय ४८ का दरले हुन आउने ७० हजार ७ सय ८४ रुपैँया र उनका एजेन्ट तल्हा इसामले पनि त्यति नै रकम थपेर रंगशालालाई दिएका हुन् ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम प्रति विकेट दिने घोषणा गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -