Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:२४ बिहान
- ADVERTISEMENT -

सेना दिवसको अवसरमा टुँडिखेलमा बढाइँ

प्रकाशित मिति: २०७६ फागुन ९, शुक्रबार

1285
Shares

काठमाडौँ, फागुन ९ गते शुक्रबार । महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा बढाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली सेनाले बि स २०४७ सालदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

भगवान् शिवका प्रतिकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

सोही अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरिएको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत समेत गरिएको थियो ।

मनोरन्जनाका लागि सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’ मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मार्चमास गरिएको थियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भएको थियो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । साथै आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत गरिएको थियो ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, संवैधानिक अंगमा प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, उच्च पदस्थ कर्मचारी लगाएत सुरक्षा अंगका प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रममा तोप–गोला, नेपाली सेनाले प्रयोग गर्ने हतियार र विभिन्न उपकरणको प्रदर्शन गरिएको थियो । विभिन्न गण र खेलाडीहरुको मार्चपासले सेना दिवसमा रौनकता थपेको थियो ।

मौसममा आएको खराबीले नेपाली सेनाको हेलिकप्टरबाट गर्र्दै आएको विशेष प्रदर्शन भने स्थगित गरिएको थियो । कार्यक्रममा देशको मौलिक पहिचान झल्कने बाजा र विभिन्न भेषभुषामा सजिएकाहरुले गरेको झण्डा प्रर्शनले पनि कार्यक्रमको सौन्दर्यता बढाएको थियो ।

सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न कला कौशलमा उत्कृष्ट हुने सैनिकहरुलाई पुरस्कृत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -