- ADVERTISEMENT -

महाशिवरात्रि विशेष : पशुपतिनाथको दर्शन गर्न ५ ठाँउबाट लाइनको व्यवस्था

February 21, 2020
701
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ फागुन २०७६ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि यो वर्ष ५ ठाँउबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ । लाखौंको संख्यामा महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड नियन्त्रण र भक्तजनको दर्शको सहजताको लागी यस्तो व्यवस्था मिलाइएको हो ।

यस वर्ष मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक र एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै , तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन छ । साथै नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।

त्यति मात्र होइन, महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड नियन्त्रण र भक्तजनको दर्शको सहजताको लागी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति र उपसमिति गठन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -