Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:२५ बिहान
- ADVERTISEMENT -

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति: २०७६ फागुन ८, बिहीबार

921
Shares

काठमाडौं, ८ फागुन २०७६ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

पशुपति मन्दिर परिसरमा कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ । यस्तै, कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको दावी गरेको छ पर्वका अवसरमा पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था गरिएको छ ।

दर्शनका लागि पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ । त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने छ ।

तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दर्शन गर्न जानेहरु जुन मार्गबाट प्रवेश गर्छन् त्यही मार्गबाट फर्किनुपर्नेछ । बिगतका वर्ष झै यस वर्ष पनि विभिन्न देशबाट साधुसन्त आउने क्रम जारी छ । एक हजारको हारहारीमा साधुसन्त आइसकेको र शिवरात्रीको अघिल्लो दिन सम्ममा साधुसन्तको संख्या ५ हजार पुग्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -